Message From Chairman

नेपाल विद्युत प्राधिकरणका कर्मचारीको आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको दुई दशक सफलताका साथ पूरा गरी २३औं बर्ष प्रवेश गरेको अवसरसंगै संस्थाको गरिमामय २२औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । नेपालको ट्रेड युनियन आन्दोलनलाई सहकारी आन्दोलनसँग जोड्नका लागि अनौपचारिक रुपमा २०५४ सालमा गरिएको प्रयास सार्थक रुपमा २०५७ साल असार ३० गते यस संस्थाको विधिवत जन्म भएको थियो ।

पच्चिस हजारवाट शुरुवात गरिएको यस संस्थाले तेइर्सौं वर्ष प्रवेश गर्दा सय करोड प्लसको संस्था बनिसकेको छ । विद्युत प्राधिकरणका ६८०० कर्मचारी यो संस्थाको सदस्यका रुपमा रहेका छन् । संस्थाले आ.व. ०७६।०७७ मा आफ्नै घरजग्गा निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं २८ मा २.७५ आना जग्गा किन्न सफल भएको छ । २०७७ साल फाल्गुण १ गतेवाट संस्थाको आफ्नै ५ १ / २ तल्ले घरनिर्माण शुरु गरिसकिएको छ ।

सदस्यहरुलाई आधुनिक सेवा सुविधा प्रदान गर्न संस्थाले ई.प्राइमा टेक्नोलोजी प्रा. लि. सँग Mobile APP २०७८ वैशाख १ गतेवाट सञ्चालन गर्न र Smart Choice Technologies Pvt. Ltd सँग २०७८ साल असार महिनावाट सदस्यहरुलाई DEBIT CARD उपलव्ध गराउन मिति २०७७ चैत्र १ गते सम्झौता भइसकेको छ । यी सेवाहरु उपलव्ध गराईसकेपछि यस संस्थाका शेयरधनी सदस्यहरुले आधुनिक वैंकिङ तथा वित्ति सेवा सहज र सस्तो रुपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । DEBIT CARD को प्रयोग नेपालमा ATM संचालन भएका सबै वैंक तथा वित्तिय संस्थाको ATM मेसिन प्रयोग गरि रकम झिक्न सक्नेछन् ।

ATM MACHINE प्रयोग गरि रकम झिक्दा लाग्ने शुल्क सदस्य र संस्थाको ५०/५० प्रतिशत सहभागिता रहनेछ । सदस्यहरुले तिर्ने शुल्क नेपालमा रहेका अन्य वैंक तथा वित्तिय संस्थाले लिने शुल्क भन्दा सस्तो हुन जानेछ । संस्थाले आफ्नै भवनवाट २०७९ साल जेठवाट कार्यालय संचालन गरिसकेकाे परिप्रेक्ष्यमा संस्थाले कर्जा सुविधामा लिँदै आएको व्याज प्रतिशतलाई क्रमशः DOUBLE DIGIT को तल्लो प्रतिशतमा सिमित रहने गरि लागु गर्न प्रयासरत छ ।

Best Regards!
Mr. Tirtha Raj Neupane
Chairman