Message From Chairman

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको २५ औ वर्ष सफलताका साथ पुरा गरी २६ औं वर्ष प्रवेश संगै संस्थाको गरिमामय २५ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कर्मचारीहरुको सामाजिक तथा वित्तिय आवश्यकता परिपूर्तीका लागि सहकारीको भूमीका र सोसँग जोड्नका लागि अनौपचारिक रुपमा २०५४ सालमा गरिएको प्रयास सार्थक रुपमा २०५७ साल असार ३० गते यस संस्थाको विधिवत जन्म भएको थियो । पच्चिस हजारबाट शुरु गरिएको यस संस्थाले २६औ वर्ष चलिरहदा रु. १ अरव ४४ करोड भन्दा माथिको संस्था वनिसकेको छ । विद्युत प्राधिकरणका करिव ७,५८३ जना कर्मचारीहरु यो संस्थाको सदस्यको रुपमा रहेका छन । संस्थाले बागवजार २८ धर्मचक्रगल्लीमा रहेको आप्mनै श्रमज्योति साकोस भवनबाट देशभर रहेका सदस्यहरुमा ९ जना कर्मचारीहरु र विभिन्न क्षेत्रमा रहेको समन्वयकत्र्ता मार्फत सेवा प्रदान गर्दै आईरहेका छ ।

समाजवाद उन्मुख अर्थ व्यवस्थाको लक्ष्य पूरा गर्नको लागि नेपालको संविधान २०७२ मा ३ खम्बे अर्थतन्त्रको आधारस्तम्भको रुपमा सहकारी क्षेत्रलाई स्वीकार गरिएको र सहकारी क्षेत्रले पनि समग्र अर्थव्यवस्थामा आफ्नो अतुलनीय योगदान गरिरहेको वर्तमान परिप्रेक्षमा यस क्षेत्रको महत्व थप उजागर भएको छ । यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरण भित्रका कर्मचारीहरुको आर्थिक अवस्था सुधार गरी समुन्नत समाज निर्माणमा अगुवाई गर्ने क्रममा सहकारीको मूल मर्म “सबैका लागि एक र एकका लागि सबै” भन्ने दर्शनबाट ओतप्रोत भई सामुहिक एकता र विश्वासको प्रतिकका रुपमा स्थापित यो संस्था सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने दायित्वप्रति पनि सदैव सचेत रहेको छ ।
समग्र सहकारीहरुको वर्तमान अवस्थाका सन्दर्भमा संस्थाले चुनौतीहरुको सामना गर्दै संस्थाको सवल पक्षलाई अवसरको रुपमा उपयोग गर्दै चुनौतिका क्षेत्रगत असर पहिचान गरी प्राप्त अवसरलाई संस्था र सदस्यहरुको हित अभिवृद्धितर्फ केन्द्रित गर्न दीर्घकालिन व्यवसायिक रणनीतिक योजना कार्यान्वयन गरिदै लगिएको र वार्षिक बजेट तथा कार्यक्रम तय गर्दा कार्ययोजनामा आधारित भएर सदस्यहरुलाई अझ बढी वित्तिय सेवाको पहुँचलाई छिटो, छरितो तथा प्रभावकारी रुपमा संचालन गर्न प्रविधि मैत्री औजारहरु Mobile Apps, Sms  सेवा, online Application  लाई विस्तार गर्दै लगिएको छ ।

नियामकीय निकायहरुबाट जारी निर्देशन तथा प्रचलित कानुन बमोजिम संस्थालाई पारदर्शी निर्णय गर्न नीति, विधि र प्रविधिलाई अवलम्बन गर्ने गरिएको छ । सुशासन एवं जोखिम व्यवस्थापनका सम्वन्धमा नीतिगत, संस्थागत एवं असल व्यवस्थापकीय अभ्यासहरुलाई अवलम्बन गरिएको छ । जसबाट नियामकीय निकायले निर्धारण गरेको मापदण्ड लगायत निर्देशनहरुलाई परिपालना गर्न मार्ग प्रशस्त गर्दछ भन्ने हाम्रो ठम्याई रहेको छ ।
विगत स्थापनाकाल देखि नै संस्था प्रति सदस्यहरुको प्रगाढ आस्था र निरन्तर कारोवारमा सहयोग रहनेछ भन्ने विश्वास लिदै सम्पूर्ण सदस्यहरुमा नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Best Regards!
Mr. Tirtha Raj Neupane
Chairman